क्यानको अध्यक्षमा चतुरबहादुर निर्विरोध निर्वाचित

| 2023 Sep 23 | 12:53 pm 1421

काठमाडौँ ६ असोज । वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नै नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका छन्।

क्यानको आज (शनिबार) हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि कसैको पनि उम्मदेवारी नपरेपछि चन्द फेरि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

अध्यक्षका लागि नेपाल क्रिकेट संघ, बर्दियाका अध्यक्ष विनयराज भण्डारीले उम्मेदवारी घोषणा गरेका थिए। तर, क्यानको निर्वाचनका लागि आज बिहान ९ः१५ देखि १०ः१५ बजेसम्म तोकिएको मनोनयन दर्ताको समयमा भण्डारीले उम्मेदवारी दिएनन्। त्यसपछि चन्द निर्विरोध निर्वाचित भएका हुन्।

त्यस्तै, उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन्। तीनै पदमा एकल उम्मेदवारी परेको क्यानको निर्वाचित समितिले जनाएको छ।

अन्य पदका लागि भने निर्वाचन हुने भएको छ। क्यानको सचिवमा राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले उम्मेदवारी दिएका छन्।

त्यस्तै, सचिवमा प्रशान्तविक्रम मल्ल पनि उम्मेदवार छन्। मल्ल यसअघि पनि सचिव थिए। क्यानमा विवाद भएपछि उनले राजीनामा दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.