कोशी सरकारमा सहभागी हुँदै कांग्रेस

| 2024 Sep 13 | 10:35 am 461

काठमाडौँ २८भदौ / प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् ।

कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

केन्द्रीय सत्ता समीकरण बदलिएपछि एमालेसँग सत्ता साझेदार गरेको माओवादी केन्द्रका मन्त्रीहरूले गत राउनमा १२ मा राजीनामा दिएका थिए । माओवादीले सत्ता छाडेको करिब डेढ महिनापछि बल्ल कांग्रेस सरकारमा सामेल भएको हो ।

यसैगरी खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् भने मण्डल संस्थापन भित्रकै ज्ञानेन्द्र कार्की निकट मानिन्छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.