कोरोना सङ्क्रमित एक जनप्रतिनिधि महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2021 May 04 | 09:20 am 221

बागलुङ, बैशाख २१ः कोरोना सङ्क्रमित एक जनप्रतिनिधि महिलाको मृत्यु भएको छ । ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो । श्वासप्रश्वास कै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा. शैलेन्द्र विक पोखरेलले बताए। उनी गाउँ कार्यपालिका सदस्य हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.