काठमाडौं, भदौ ३ः कोरोना संक्रमितको संख्या बढेसंगै सर्वोच्च अदालतका काम गंभीर ढंगले प्रभावित भएका छन्। सर्वोच्च अदालतमा कोरोना संक्रमितको संख्या तीन पुग्दा न्यायिक काम गंभीर रुपले प्रभावित भएको हो। मंगलबार मात्रै थप दुई कर्मचारीमा कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ आएपनि न्यायालयका काम भने पहिल्यैदेखि प्रभावित छन्।
एकसय सत्तरी जना कर्मचारीको शनिवार संकलन गरिएको स्वावको रिपोर्ट आउ‘दा मंगलबार तीनजनामा पोजिटिभ देखिएपछि न्यायालयमा त्रास बढेको छ।
बन्दीप्रत्यक्षीकरण र अति जरुरी मुद्दाको मात्रै सुनुवाईको प्रबन्ध गरिएपनि कर्मचारीहरुमा कोरोना सर्ने डरले त्रसित भएर काम गर्नुपर्ने अवस्था आएको भन्दै बन्दीप्रत्यक्षीकरणको सुनुवाई बाहेक सबै सुनुवाई रोकिनुपर्ने आवाज कर्मचारी संगठनहरुले उठाएका छन्।
‘तारेख दिने र मुद्दा दर्ता गर्ने काम समेत नियमित हु‘दा भयावह अवस्था आइसकेको छ’, सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनका सचिव हरि भट्टराईले नागरिकलाई बताए, ‘यस्तो अवस्थामा बन्दीप्रत्यक्षीकरणका निवेदनमा बाहेक सबै सुनुवाई, मुद्दा दर्ता र तारेख दिने काम बन्द गरिनुपर्छ।’
मंगलबार पुष्टी भएका कर्मचारीमध्ये इजलास अधिकृत समेत रहेका र उनको सम्पर्कमा रहेका मुद्दा दर्ताका कर्मचारीले सेवाग्राहीसंग नियमित सम्पर्कमा रहुनपर्ने भन्दै बन्दीप्रत्यक्षकरण बाहेक मुद्दा दर्ताको काम समेत रोकिनुपर्ने भट्टराईले माग गरेका छन्।
यस अघि नै एक सवारी चालक र एक न्यायाधीशका सहयोगीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि सर्वोच्चले सेवा प्रवाह सिमित गरेको थियो। सवारी चालक ठीक भइसकेका छन्।
चालकमा कोरोना पोजिटिभ देखिएपछि नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन र सर्वोच्च अदालतबीच सेवा प्रवाहका विषयमा पटक पटक छलफल भइसकेको छ। नागरिक दैनिकबाट