कोरोना भाईरस बिरुद्ध प्रहरीको सचेतना कार्यक्रम सम्पन्न

| 2020 Feb 01 | 03:37 pm 2282

बारा, माघ १८: शनिबार समुदाय प्रहरी–साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय बाराद्धारा कोरोना भाईरस बिरुद्ध बृहत जनचेतना मुलक र्‍याली तथा कोण सभा सम्पन्न गरेको छ ।

चेतना मुलक र्‍याली भरत चोकबाट बाजा, प्लेकार्ड, पम्पेल्ट तथा व्यानरसहितको बजार परिक्रमा गरी पुन भरतचोक आई कोण सभामा परिणत भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालको अध्यक्षता, कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवको प्रमुख अतिथी, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कलैया अस्पताल बाराका डा प्रेमशंकर चौरसियाले कोरोना भाईरस बिरुद्धमा जानकारीमुलक मन्तव्य राखेका थिए । प्रमुख अतिथी र विशिष्ट अतिथीको मन्तव्य पश्चात कार्यक्रमको अध्यक्ष प्रहरी उपरीक्षक बिकासराज खनालले उपस्थित सबैमा धन्यवाद समेतको मन्तव्य राखि उक्त कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए ।

उक्त कार्यक्रममा उपमहानगरपालिकाका सबै वडाका वडाध्यक्ष, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका प्रमुख, महिला संजालका प्रमुख तथा प्रतिनिधी, जिल्ला स्थित रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, स्काउटका अध्यक्ष तथा नेपाल स्काउटमा आवद्ध विद्यार्थी तथा शिक्षक, सामुदायिक प्रहरीका अध्यक्ष तथा सचिव लगायत जिल्ला स्थित रहेका मनकामना स्कुल, ब्राईट लाईन स्कुलका शिक्षक विद्यार्थी, प्रहरी कर्म र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.