कोरोना भाइरस संक्रमितको संख्या घट्दै

रिपोर्ट नेपाल | 2021 May 31 | 09:19 am 2337

काठमाडौं, जेठ १७ः केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । २८ वैशाखमा एकैदिन सबैभन्दा उच्च ९ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा यो संख्या क्रमिक घटेर दैनिक ४ हजार ५ सयको हाराहारीमा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक साताको संक्रमणदर आधार मान्दा दैनिक संक्रमित घटेको देखिएको छ । गत सोमबार ७ हजार ४ सय २५ जनामा संक्रमण देखिएको थियो । यस्तै, मंगलबार ८ हजार ६ सय ३६, बुधबार ६ हजार ७ सय १४, बिहीबार ६ हजार ९ सय ३९ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रबार ६ हजार ९ सय ५१, शनिबार ४ हजार ४ सय ८७ जनामा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ७० जनाको कोरोना परीक्षण गर्दा ४ हजार ३ सय ६९ जनामा संक्रमण देखिएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.