काठमाडौं, माघ २०: तीब्र गतिमा फैलिएको कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ३ सय ६१ पुगेको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरे अनुसार एकै दिन ७५ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको बीबीसीले जनाएको छ ।
चीन भन्दा बाहिरी देश फिलिपिन्समा पनि आइतबार एक जनाको मृत्यु भएको छ । मृतक चीनबाटै फर्केको बताइएको छ ।
अब संक्रमितको संख्या चीनमा मात्र १७ हजारभन्दा धेरै भएको छ । चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको जनाइएको छ ।