कोरोना पीडित संघर्ष समितिको नाममा प्रदर्शन

रिपोर्ट नेपाल | 2020 Jul 03 | 04:32 pm 3095

काठमाडौं, असार १९ः कोरोना पीडित संघर्ष समितिको नाममा विभिन्न माग राख्दै शुक्रबार ललितपुरमा प्रदर्शन भएको छ ।

समितिले लकडाउन अवधिको घरभाडा, बैंक ब्याज मिनाहा हुनुपर्ने, विद्यालय शुल्क, कर, कोरोना रोकथाममा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, सुकुम्बासी, विद्यार्थी र बेरोजगारलाई राहत प्याकेज दिनुपर्ने माग गरेका छन् ।

सार्वजनिक यातायात सुरक्षित रुपमा सञ्चालन गर्न, कालोबजारी गर्नेलाई कारबाही गर्न पनि प्रदर्शनकारीले माग गरेका छन् ।

प्रदर्शनका सहभागीले लकडाउन अवधिको महसुलमा जरिवाना लिएको भन्दै विरोध जनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.