कोरोना खोप वितरणमा विभेद हुनसक्ने डब्लुएचओको चिन्ता

रिपोर्ट नेपाल | 2020 Nov 24 | 08:54 am 1759

एजेन्सी, मंसिर ९ः पछिल्लाे समय विभिन्न देशहरूले काेराेनाविरूद्धकाे खाेप बजारमा ल्याउने तयारी थालेका छन् । अमेरिकालगायत अन्य मुलुकले कोरोनाविरुद्धका खोपहरु परीक्षण गरिरहेकाे र तिनकाे सफलता ९० प्रतिशत माथि रहेकाे बताइएकाे छ । केही महिनाभित्रै खाेपहरू पूर्ण स्वीकृति पाएर बजारमा आउनसक्ने देखिन्छ । तर यही बेला खाेप वितरणमा विभेद हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  चिन्ता व्यक्त गरेकाे छ  ।

डब्लुएचओका प्रमुख डा. टेड्राेस अधानम घेब्रेसियसले खोपको समान रुपमा वितरण हुनुपर्ने भन्दै त्यसाे नहुने हाे कि भन्ने चिन्ता रहेकाे बताए। उनले संसारभर काेराेना प्रभावित नागरिकलाई सहज रुपमा खोप पुर्‍याउन करोडौं डलरको साझा कोष आवश्यक रहेको बताउँदै ठूला र सम्पन्न देशले साना मुलुकलाइ विभेद गर्न नहुने धारणा राखेका छन् । साथै खोपको सफलता नजिकै रहेकाे र अब यसकाे वितरणका लागि सबै देश तयारीमा जुट्नु जरूरी रहेकाे उनकाे धारणा छ ।

डा टेड्रोसले  काेराेनाविरूद्धका भ्याक्सीनको परीक्षणले ल्याउने सकारात्मक नतिजाको प्रतीक्षामा आफूहरू रहेको बताएका छन् । उनका अनुसार अमेरिकाकाे अक्सफाेर्ड विश्वविद्यालयले बनाइरहेका खाेपकाे प्रभावकारिता बढी देखिएकाे छ । खोपको प्रभावकारीताका बारेमा अझै थप अनुसन्धान जारी रहेको उनकाे भनाइ छ ।

विगतदेखि नै डब्लुएचओले कोरोना महमामारी नियन्त्रणका लागि विश्वका देशहरूबीच सामुहिक एकता र सहकार्य हुनुपर्नेमा जाेड दिँदै  आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.