कोरोना कारण बाजुरामा वडाध्यक्षकाे मृत्यु

रिपोर्ट नेपाल | 2021 May 09 | 11:53 am 2273

बाजुरा, बैशाख २६ः कोरोना सङ्क्रमणका कारण बाजुराको बडिमालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष बिनोद कुमार विकको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि थप उपचारका लागि जिल्लाबाट डडेल्धुरा लग्ने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो ।

करिब एक हप्तादेखि बिरामी रहेका वडाध्यक्ष विककाे शनिबार बिहान मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको पारिवारीक स्रोतले जनाएको छ । अवस्था जटिल देखिएपछि विकलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको थियो ।

तर, जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विकलाई डडेलधुरा रेफर गरिएको थियो । जिल्ला अस्पतालमा अक्सिजन र भेन्टिलेटरको अभावमा उनलाई जिल्लाबाहिर रेफर गर्नुपरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.