काठमाडाैं, जेठ १८ः सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व सामान्य तथा प्रशासनमन्त्री लालबाबु पण्डितले कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका बेला आत्महत्याका घटना अत्याधि बढेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले उक्त कुरा भनेका हुन् । उनले भने, कोरोनाले भन्दा दशौं गुणा बढी ज्यान आत्महत्याले लिएको छ, यो विषयमा संघीय सरकारको ध्यान जानु पर्दछ ।
सांसद पण्डितले क्वारेन्टिनहरू चिन्ताजनक अवस्थामा रहेको बताए । क्वारेन्टिन व्यवस्थापनका लागि संघीय सरकारले स्थानीय तहलाई थप आर्थिक सहयोग गर्नुपर्ने समेत उाले माग गरेका छन् ।