काठमाडौं, फागुन २०: छिमेकी मुलुक चीनबाट भयावहका रुपमा आएको कोरोना (कोभिड १९) रोगको आतंकले नेपालमा पनि डरलाग्दो रुप लिएको छ ।
सर्वोच्च अदालतले नेपाल प्रवेश गर्ने स्थलमार्ग र अन्तराष्ट्रिय विमानस्थलमा कडाइका साथ स्वास्थ्य जाँच गर्न समेत आदेश गरी सकेको छ ।
भिडभाडबाट बच्नुपर्ने चिकित्सकको सुझाव आइरहेका बेला सरकारले कलिला बालबालिकाको भिड लाग्ने विद्यालयका विषयमा सोच बनाएको छैन ।
संक्रमण रोक्न त सरकारले सक्ने अवस्था नरहेको बेला धुलो रोक्ने माक्स समेत बजारमा अभाव हुन थालेको छ ।
एक बिरामीबाट अर्को बिरामीमा रोग फैलन नदिनका लागि आइसोलेसन वार्डको आवशयकता हुने भएपनि नेपालमा त्यस्तो व्यवस्था नरहेको चिकित्सक बताउँछन ।
विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिममा रहेको बताइरहेको छ । सरकारले शैक्षिक क्यालेण्डरलाई बढाएर भएपनि तत्काल विद्यालय बन्द गर्नुपर्ने देखिन्छ ।