काठमाडौं, चैत ३: विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमण हुन अगावै सतर्कता अपनाउन नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सबै नेपालीलाई आवहान गरेका छन् ।
नेता पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसबाट बच्न हामी स्वयम् आफैंबाट सामाजिक दुरी कायम गर्न सुरु गर्नु पर्ने बताएका छन् ।
उक्त विज्ञप्तिमा उनले अत्यावश्यक काम र कुराकानी टेलिफोनबाटै कार्यहरु सुरु गर्न समेत जनाएका छन् ।
