काठमाडौं, जेठ ३१: कोरियामा राम्रो रोजगारीमा लगाइदिने भन्दै ८० लाख ठगी गर्ने दुई जनालाई प्रहरी पक्राउ गरिएको छ ।
केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले एक जनालार्इ मंगलबार र अर्कोलार्इ बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमजुङ् दुर्दी गाउँपालिका (२ घर भई हाल ललितपुर महानगरपलिका– ४ बस्ने बर्ष ५३ को मिन बहादुर थापालाई ललितपुर लगनखेलबाट तथा काठमाण्डौं महानगरपालिका(९ बस्ने बर्ष ३५ को जोसेफ श्रेष्ठ रहेका छन् ।
करियामा राम्रो रोजगारीको अवसर भएकाले सरकारी कोटामा कोरियामा १ बर्षको लागी भिषामा पठाइिदने र त्यस पश्वात कोरियामै बर्ष बर्षमा नविकरण गर्न मिल्ने भनी प्रलोभन देखाई प्रति व्यक्ति ११ लाख रूपैया लाग्ने भनी ९ जना व्यक्तिहरूबाट ७९ लाख ६५ हजार ८०० रूपैया ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरुलार्इ पक्राउ गरी आवश्यक कारवाहीको लागी बैदेशिक रोजगार बिभाग बुद्धनगर, काठमाण्डौ पठाईएको केन्द्रीय अनुसन्त्धान व्युरोले जनाएको छ ।