काठमाडौ असार १८: नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले एक विशेष कार्यक्रमको आयोजना गरि संगठनलाई अझ चुस्त र दुरुस्त बनाउने निर्णय गरेको छ।
प्रवासमा रहेका नेपालीको हकहित र सवैलाई लोकतन्त्रका छानामुनी आबद्ध गरि नेपाली कांग्रेसको आदर्श र सिद्धान्तको जगेर्ना गर्ने उद्धेश्यले समितिको गठन गरिएको बताईएको छ। जनसम्पर्क समिति कोरियाकि अध्यक्ष आस्थाविन्दु मल्लका अनुसार कार्यक्रमको आयोजना बुसान क्षेत्रले गरेको थियो। सयौंको संख्यामा उपस्थित सदस्यहरूबीच नेपाल सरकार र उसले एकपछि अर्को गर्दै आएको अलोकतान्त्रिक कार्यको भ्रत्सना गरिएको थियो।
विभिन्न क्षेत्र बाट उपस्थित सदस्यलाई सम्मान गरिनुका साथै समितिले बनभोजको समेत आयोजना गरेको थियो । वनभोज कार्यक्रममा अध्यक्ष मल्लले दुई तिहाइ मत प्राप्त गरेको कम्युनिस्ट नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएकी थिईन।
उनले हजारौं योद्धाले बलिदान दिएर प्राप्त भएको संघिय लोकतान्त्रिक व्यवस्थामाथि कहि कतैबाट खतरा भयो भने सबै प्रवासी साथीहरू लोकतन्त्रको रक्षार्थ स्वदेश फर्किएर आन्दोलन गर्नुपर्ने कुरामा जोड दिएकी थिईन।
परदेशमा रहेर पनि अपरिचित जस्तो भएका कारण सबैलाई जनसम्पर्क समिति मार्फत गोलबन्द गर्न परिचयात्मक कार्यक्रम राखिएको अध्यक्ष मल्लले बताईन।