कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

| 2024 Oct 29 | 01:01 pm 145

काठमाडौँ, १३ कार्तिक / चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ। यस अध्यागमन कार्यालय स्थापना भएपछि नेपाल र चीनबीचको सीमा आवतजावत तथा आयात-निर्यात थप व्यवस्थित र सहज हुने अपेक्षा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको छ र केही दिनमै यसको औपचारिक उद्घाटन गरिनेछ। यो कार्यालय सञ्चालनमा आएपछि भेडा च्याङ्ग्रा लगायतका वस्तुहरूको आयात-निर्यातमा सहजता आउने विश्वास गरिएको छ।

साथै, सबै नेपाली र चिनियाँ पर्यटकहरूले भिसा लगाएर यो नाकाबाट सहजै यात्रा गर्न सक्नेछन् । कोरला नाकामा रहेको भवनमा अध्यागमन र सुरक्षा पोष्ट सहित विद्युतीकरण र नेपाल टेलिकमको इन्टरनेट सेवा पनि उपलब्ध गराइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.