कैलाली–४ मा कांग्रेसका वीरबहादुर बलायर विजयी

| 2022 Nov 24 | 08:34 am 133

कैलाली, मङ्सिर ८ः कैलाली निर्वाचन क्षेत्र नं. ४ मा वाम गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका उनले पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उम्मेदवार लेखराज भट्टलाई तीन हजार ५८४ मतान्तरले पराजित गरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । विजयी बलायरले २६ हजार १७१ र पराजित भट्टले २२ हजार ५८७ मत प्राप्त गरे ।

यसअघि, बलायरले २०७० को संविधान सभाको निर्वाचन डोटीबाट जितेका थियो । पराजित हुनु भएका भट्टले भने २०६४ र २०७४ को निर्वाचन कैलाली–४ बाटै जितेका थिए । २०७० को निर्वाचनमा उनी नेपाली कांग्रेसका दीर्घराज भाटसंग पराजित भएका थिए ।

क्षेत्र नं. ४ मा प्रदेश सभा सदस्यतर्फ पनि वाम लोकतान्त्रिक गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । (क) मा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी र (ख) मा नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.