कञ्चनपुर, जेठ २३: बिहिबार साँझ कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएकाे छ । हावाहुरीबाट दर्जनाैं घरकाे छाना उडाएका छन् । त्यस क्षेत्रमा अहिले विद्युत सेवा पनि अवरूद्द भएकाे स्राेतले जनाएकाे छ । प्रभावीत क्षेत्रमा ठूलाे संख्यामा क्षति भएकाे हुनसक्ने प्रहरीले जनाएकाे छ । घटनाकाे विस्तृत विवरण भने आउन बाँकी रहेकाे छ ।