कैलाली, भदौ २९ : कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा शुक्रबार दिउँसो बस दुर्घटनाका दुई घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । चिसापानीबाट लम्कीतर्फ गइरहेको से १ ख ११८८ नम्बरको बस दुर्घटना हुँदा घाइते भएका छजना मध्ये दुईजनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी शिवबहादुर सिंहका अनुसार घाइते साइकल यात्री १२ वर्षीय अनिल वादी र ३८ वर्षीय प्रसंग तामाङको मृत्यु भएको हो ।
वादी बल्चौरमा रहेको वादी शिविरका बासिन्दा हुन् भने तामाङ धनगढी त्रिनगरका हुन् । मृतक दुबैजनाको शव टीकापुर अस्पतालमा राखिएको छ।