केन्द्रीय कारागारका ३ जना कैदीको निधन, एक जनामा काेराेना संक्रमण

| 2020 Sep 01 | 03:41 pm 1704

काठमाडाैं, भदाै १६ः केन्द्रीय कारागारमा रहेका ३ जना कैदीको निधन भएको छ । उपचारका क्रममा मृत्यु भएका तीन कैदीमध्ये एक जनामा कोरोना संक्रमण  पुष्टि भएको छ ।

मेगा अस्पतालमा मृत्यु भएका एक ४० वर्षीय कैदीमा कोरोना पुष्टि भएको हो । अन्य दुई जनाको भने उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । मृतक अन्य दुईमध्ये एक जनाको ५ भदौमा भएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो । अर्का मृतकको रिपोर्ट भने आउन बाँकी नै रहेकाे बताइएकाे छ ।

यस अघि केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.