काठमाडौं, जेठ २८ : केन्द्रमा शिर्ष नेताहरुबीच केहि पद तथा अन्य कुरामा भागबण्डा भएर पार्टी एकीकरणका लागि नेकपा एमाले र नेकपा माओवादीबिच सहमती भयो २०७५ जेठ ३ गते ।
दुर्इ जना अध्यक्षसहित ४४१ केन्द्रीय सदस्य र ४५ जना स्थायी कमिटि सदस्य रहने गरी पार्टी एकीकरणको औपचारिक घोषणा गरियो । पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै नेकपाले तल्ला जिल्ला तथा क्षेत्रिय कमिटिहरुको एकिकरण अभियान थालेको छ । पूर्ववत दुवै पार्टीबाट समेटेर २२ वटा संगठा बनाउने गरी गठन भएको कार्यदलले काम अघि थालेपनि अझै प्रभावकारी हुन सकेको छैन ।
२२ भ्रातृ संस्थाहरू मिलाउन नेकपाले २२ वटा कार्यदल बनाएको छ। कार्यदललाई एकीकृत संगठनको विधान मस्यौदा गर्ने र महाधिवेशन आयोजक कमिटी गठन गर्न पदाधिकारी र सदस्यहरूको नामावली प्रस्ताव गर्न कार्यादेश दिइएको छ । कमिटी बनाउँदा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउनुपर्ने म्यान्डेट कार्यदललाई छ।
कार्यदलले छलफलबाटै केन्द्रीय कमिटी चयन गर्ने भनिएको छ, कार्यदलमा नमिले पार्टी नेतृत्वले मिलाउने नेकपा नेता बेदुराम भुसालले बताए ।
तत्कालीन माओवादीको जनसंगठनहरूको केन्द्रीय कमिटीको आकार एमालेको तुलनामा आठ गुणासम्म ठूला छन्। एमालेको पेसागत महासंघको केन्द्रीय कमिटी ८६ सदस्यीय छ भने माओवादी पेसागत संगठनमा ८५० केन्द्रीय सदस्य छन्। अधिकांश अरू संगठनको केन्द्रीय समिति पनि ठूलो छ। एकीकरण गर्दा संख्यात्मक बाँडफाँडमा जटिलता देखिएका छन् ।
भ्रातृ संगठनसँग सम्बन्धित सबै कार्यदललाई नाम, नेतृत्व, संख्यालगायत विषय टुंगो लगाउने कार्यादेश दिइएको छ। कार्यदलले विवाद मिलाउन नसके पार्टीको केन्द्रीय सचिवालयले नै अन्तिम निर्णय गर्नेछ। रस्साकस्सी धेरै देखिएकाले जनसंगठनको नेतृत्वको विषय पनि अध्यक्षद्वयले नै अन्तिम टुंगो लगाउनुपर्ने अवस्था आउन सक्ने नेकपाका एक केन्द्रीय सचिवालय सदस्यले बताए। ‘सबै तलै टुंगो लगाउन भनिएको छ, नेतृत्वमा बढी प्रतिस्पर्धा देखिँदा कार्यदलमा सर्वसम्मत हुन सकेन भने अध्यक्षद्वयले नै छलफलबाट अन्तिम टुंगो लगाउनुहुन्छ,’ ती सदस्यले भने।
२२ संगठनको यसरी हुँदै छ एकीकरणमा जटिलताहरु देखिएका छन् । घटक संगठनहरूको महासंघ भएकाले तल प्रतिष्ठानमा कहाँ कसको कस्तो ‘पोजिसन’ छ, त्यस आधारमा नेतृत्व राख्ने भनिएको छ । एउटा संगठन नेतृत्व गरिएको व्यक्ति एकिकृत हुँदा पद गुम्ने भएकोले पद छोड्न नमान्दा जटिलाहरु थपिदै गएका हुन् ।