काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन प्रस्ताव राखेका छन् ।
प्रदेशसभामा बोल्दै राइले कोशीलाई कहिलेसम्म हामीले यसरी राखिरहने ? अब सर्वदलीय सरकार बनाऔँ । को-को साथीहरू मन्त्री हुन चाहनुहुन्छ ? आउनुस्, हामी बनाइदिन्छौँ । तर, सर्वदलीय सरकार बनाऔँ, भनेका छन् ।
सर्वदलीय सरकार बनाउने सहमति भएपछि मुख्यमन्त्री केदार कार्कीले मार्गप्रशस्त गर्ने उनले बताए । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का सांसदहरूलाई सङ्कल्प प्रस्ताव फिर्ता लिन आग्रह गर्दै उनले भने, “मुख्यमन्त्री हटाउन सङ्कल्प प्रस्ताव ल्याउनु भनेको नौलो अभ्यास हो उनले भने ।
कार्की संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनेका हुन् । उनले आफू मध्यावधि रोक्ने ध्येयका साथ मुख्यमन्त्री बनेको उल्लेख गर्दै राजीनामा नदिने अडान कायमै राखेका छन् ।