केकीअधिकारीले गरिन ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक

रिपोर्ट नेपाल | 2024 Apr 07 | 06:21 pm 713

काठमाडौँ २५ चैत / अभिनेत्री केकी अधिकारीले होम प्रोडक्सन फिल्म ‘बोक्सीको घर’ को ट्रेलर सिभिल मलमा सार्वजनिक गरेकी छन् । आयोजना गरिएको कार्यक्रममा उनी ‘बोक्सी’ कै अवतारमा प्रस्तुत भएर आगन्तुकलाई तर्साउने प्रयास गरिन् ।

केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘बोक्सीको घर’को २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा कथावस्तु, सेटिङ र चरित्र चित्रणबारे प्रकाश पारिएको छ ।

आइतबार राजधानीको सिभिल मलमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा केकी क्यारेक्टर लुक्समै उपस्थित थिइन् । यसअघि ‘बुझिनँ मैले बुझाइदेऊ कसैले’ गीतबाट अत्यधिक प्रशंसा बटुलिसकेको छ । त्यही गीतबाटै फिल्मको धेरै कथा बुझ्न सकिन्छ ।

विज्ञानले प्रमाणित गरेको छ कि यो हुँदैहुँदैन । यद्यपि, चलचित्रले बोक्सीको अन्धविश्वासलाई कसरी प्रस्तुत गरेको छ भनेर हेर्न चाहिँ रिलिज डेट १४ वैशाख नै कुर्नुपर्ने छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.