धनुषा, असार ४ः २४ वर्षीया गर्भवती महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा शहिदनगर नगरपालिका-७ बस्ने २२ वर्षीय अर्जुन मण्डल रहेका छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हाे ।
मण्डलले ती महिलालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यदुकुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घाइते महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएकाे छ ।