कुटपिटबाट आफ्नै दाजुको हत्या गरेको अभियोगमा भाइ पक्राउ

रिपोर्ट नेपाल | 2020 Jun 04 | 06:01 pm 1966

रुपन्देही, जेठ २२ः कुटपिटबाट आफ्नै दाजुको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गैडहवा गाउँपालिका-२ पडौराका १९ वर्षीय शिवचन्द केवट रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

शिवचन्दले मादक पदार्थ सेवन गरी सामान्य विवादमा बाँसको चिर्पटले हान्दा दाजु २५ वर्षीय जवाहिर केवटलाई टाउकोमा चाेट लागी गम्भीर घाइते भएका थिए ।

तत्काल उपचारको लागि लोण्डिया स्वास्थ्य क्लिनिक लगेकोमा थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालतर्फ लैजान क्लिनीकले सुझाव दिएपछि फर्काएर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.