कीर्तिपुरमा ‘प्लाष्टिक ह्याण्ड ग्रिनेट’ बम भेटियो

रिपोर्ट नेपाल | 2019 Dec 27 | 06:57 pm 1231

काठमाडौं, पुस ११ : कीर्तिपुरको पांगा दोबाटोस्थित तरकारी बजारको पछाडि फालिएको ठाउँमा ‘प्लाष्टिक ह्याण्ड ग्रिनेट’ बम भेटिएको छ ।

सुरुमा बम जस्तै शंकास्पद वस्तु फेला परेपछि सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले जानकारी दिए ।

बम डिस्पोजलको टोली आएर चेकजाँच गरेपछि प्लाष्टिक ह्याण्ड ग्रिनेट बम रहेको खुलेको डीएसपी कामतीले बताए । कामतीले भने, ‘सेनाको टोलीले सुरक्षित डिस्पोज गरिसकेको छ ।’

फोहोरको थुप्रोमा कसले राख्यो ? किन राख्यो ? भनेर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.