काठमाडौँ, भदौ ७ : किशोरीको बलात्कारपछि हत्या घटनालाई लिएर तनाव बढ्दै गएपछि कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) लाई सरुवा गरेकाे छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र एसपीदिल्लीराज विष्टलाई गृहमन्त्रलयाले सरुवा गरेकाे हो।
सिडिओ खड्का ठाउँमा तारानाथ अधिकारी पठाइएको छ भने, एसपी विष्टको ठाउँमा कुबेर कठायतलाई पठाइएको छ। यस्तै डीएसपी ज्ञानबहादुर सेठीलाई पनि प्रहरी प्रधान कार्यालय काठमाडौं झिकाइएको छ ।
गत सोमबार प्रहरीले मानसिक सन्तुलन ठिक नभएका एक जनालाई हत्याको अभियुक्त भन्दै सार्वजनिक गरेपछि स्थानीयस्तरमा आक्रोश चुलिएको छ। दैनिक प्रदर्शन भइरहेको छ भने बजार तथा सवारी बन्द छ। बिहीबार प्रहरीले चलाएको गोली लागी चार जना घाइते भएका छन्।

