बाँके, साउन २४ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख दुल्लु नगरपालिका-६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावललाई प्रहरीले पक्राउ गरेको छ ।
रावलले किशोरीलाई नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई नेपालगञ्ज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित होटलमा लगी जबरजस्ती करणी गरेका थिए ।
किशोरीको उजुरी पछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।