काठमाडौँ, असार २२ । ठमेलमा रहेको चर्चित रात्री क्लव लर्ड अफ द ड्रिंक्स (एलओडी) का सञ्चालक रुदिल बल्लब श्रेष्ठलाई ललितपुर प्रहरी परिसरले आज विहान कुपण्डोलबाट पक्राउ गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धी विक्रम शाहले जानकारी दिएका छन् ।
गत जेठ ३० गते ठमेलको उक्त क्लवमा पुगेकी १६ वर्षीय किशोरीलाई पोखरा घर भएका सुदन कोइरालाले आफ्नो कोठामा लगि बलात्कार गरेको अभियोगमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ५० वर्षिय सुदन कोइरालाले पीडित किशोरीलाई जेठ ३१ गते बलात्कार गरे पनि क्लवका संचालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालले नावालिकालाई क्लवमा प्रवेशका लागि अनुमति दिइएकोमा पक्राउ गरिएको हो ।