काठमाडौं, पुस २८ः प्रहरी प्रधान कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । सरुवा गर्ने क्रममा सचिवालयमा रहेका दानबहादुर कार्कीलाई काठमाडौंको जिम्मेवारी दिइएको छ । कार्की नेपाल प्रहरीका अब्बल अधिकृत हुन् ।
उनले बानेश्वरको इन्चार्ज हुँदा नाकाबन्दी थियो । त्यो बेला नेपालका आफूलाई खाने तेल वयवसायी भन्ने र मुटुको लागि सबै भन्दा राम्रो तेल भन्ने तेल व्यवसायीले गरेको बदमासीलाई उनले एक्सन लिएर समातेका थिए ।
त्यसबेला काठमाडौं कमाण्डीङ विक्रमसिंह थापाले सम्हालेका थिए । त्यो बेला कार्की बानेश्वरको प्रमुख थिए । सधैं आफ्नो कर्तव्यमा निष्ठावान बन्ने कार्की त्यसपछि नेपाल प्रहरीको प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।
तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उनको कार्य क्षमता देखेर उनलाई कास्की प्रहरी प्रमुखको जिम्मेवारी दिएका थिए ।
कास्कीमा हुँदा अपराधीको आखाँमा कसिंगर बनेका कार्की जनताको नजरमा भने वाही वाही थिए । उनी नेपालको बोर्डर भनिने कापिलवस्तुको कमाण्डर हुँदा उनले गरेको काम कर्तव्यबाट त्यहाँका तस्करहरु त धावावाद थिए तर उनको काम कारवाहीको चित्त बुझाएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आफ्नो सचिवालयमा राखेका थिए ।
उनै दानबहादुर नेपालको राजधानी काठमाडौंको प्रमुख भएर आएका छन् । उनले दिने सुरक्षा कस्तो हुन्छ त्यो भने हेर्न बाँकी छ ।