पाँचथर, भदाै २१: (एकप्रकारको किरा) किर्नाले टोकेर डेढ साता अघि विरामी परेका एक व्यक्तिको मृत्यु भएको छ ।
फिदिम नगरपालिका–४, गढीका विनोद कुगेनम्बाको उक्त किराले टाेकेर मृत्यु भएको हो । किराले टाेकेर विरामी परेका कुगेनम्बाको पाँचथर अस्पताल र नोबेल अस्पताल विराटनगरमा गर्दा समेत उपचार गर्दा सम्भव नभएपछि काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा उनकाे मृत्य भएको आफन्त उपेन्द्र लावतीले जानकारी दिए ।
उनी पाँचथरस्थित फिदिम–७, रानिटार माविमा शिक्षण गर्दै थिए ।