किर्ते गरी ७० करोड ठगी गर्ने गिरोह ब्युरोको फन्दामा

| 2018 Sep 06 | 01:24 pm 1966

काठमाडौं, भदौ २१: किर्ते कागजात बनार्इ विभिन्न बाहनामा करिब ७० करोड ठगी गर्ने एक गिरोहलार्इ प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको छ।

शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको नाममा किर्ते कागजात बनार्इ त्यसको संचालक र कम्पनीको अध्यक्ष जित बहादुर मगर हो भन्दै ठगी गर्ने गिरोहका १२ जनालार्इ नियन्त्रणमा लिइएको जनाइएको छ।

काठमाडौं महानगरपालिका(४ चुनदेवी बस्ने भारतीय नागरिक राम निरंजन जटियाको सञ्चा्लक रहेको शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको नाममा रहेको बालुवाटार स्थित कित्ता नं। ४४१, ५०५ र ५४० को ३ रोपनी जग्गा सहितको घर, सतुंगल वडा नं। ९ को कित्ता नं। १२६ को १५ रोपनी जग्गा र म्याग्दी एवं नुवाकोट जिल्लामा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको जग्गा वेचबिखन गर्न वैना गर्दै हिडेको गिरोहलार्इ व्यूरोको टोलीले नियन्त्रणमा लिएको हो।

सोही कम्पनीमा विगत १६ वर्षदेखि काम गर्दै आएका गिरोहका मुख्य योजनाकार जितबहादुर मगरले कम्पनीको सम्पूर्ण कागजात चोरी गरी किर्ते कागज बनाएर ठगी गर्ने योजना बनाएको खुलेको छ।

रामेछाप सुनापाती गाउँपालिका(०१ स्थायी घर भएको वर्ष ३३ को जित बहादुर मगरले जिल्ला मकवानपुर हेटौडा (०४ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी (०८ बस्ने वर्ष ४५ को राजन प्रसाद लम्साल र चन्द्रागिरी(१४ बस्ने वर्ष ४० को निरज कुमार मानन्धरको मुख्य सहयोगमा कागज किर्ते गरेका थिए।

उनीहरुले कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरी शेयरधनी संचालक अध्यक्ष राम निरंजन जटियाको नामको सम्पूर्ण शेयरहरू खरिद गरेको भनी कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन गरी कम्पनी रजिष्टारको कार्यालयबाट जित बहादुर मगरको नाममा नामसारी समेत गराई कम्पनीको नाममा रहेको करिव ७० करोड रूपैयाँ मूल्य बराबरको सम्पत्ति ठगी गर्ने योजना अनुसार वैना गर्दै हिडेका थिए। व्युरोले उक्त विषयको सूचना पाएलगत्तै अनुसन्धानमा जुटेको थियो।

पक्राउ परेका १२ जनालाई पक्राउ गरी बिधुतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा अनुसन्धान कार्य पश्चात अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डौंमा पेश गरिएको छ।

अनुसन्धानवाट खुल्न आएका विषयहरू

शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा।लि।को संचालक समितिको वैठकको निर्णय भनी शेयरधनी संचालक राम निरंजन जटियाले जित बहादुर मगरलाई कम्पनीको ७५५ बराबर हुन आउने १८७५० थान शेयर बिक्री गरेको भनी किर्ते कागज खडा गरेको ।

विशेष साधारण सभाको वैठकवाट जित बहादुर मगरले आफुलाई अध्यक्ष वनाएको, राम निरंजन जटियालाई संञ्चालक भनी उल्लेख गरेको । मिति २०७५र०३र२६ गते राम निरजंन जटियाको संञ्चालक पदबाट राजिनामा स्विकृतिको निवेदन पेश गरेको देखाएको। साथै कम्पनीको अर्को संञ्चालक समितिको वैठकले कम्पनीको २५५ वरावर हुन आउने ६२५० थान शेयर राम निरंजन जटियाबाट जित बहादुर मगरले खरिद गरेको उल्लेख गरेको कागज बनाएको र कम्पनीको अर्को विशेष वैठकबाट जित बहादुर मगरको नाममा मात्र १ जनाको संचालक समिति हुने भनी निर्णय गरेको देखिएको।

कम्पनी रजिष्ट्रार कार्यालयको २०७५र०३र२९ र ३२ गतेको निर्णयले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा।लि। को शेयर लगत राम निरंजन जटियाको नामवाट जीतवहादुर मगरको नाममा नामसारी गरेको पाईएको।

काठमाडौं महानगरपालिका-४ बालुवाटार वस्ने राजभाई श्रेष्ठलाई शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा।लि। को शेयरधनी संचालक म हुँ भनी कागजात समेत देखाई जीत वहादुर मगर समेतले वालुवाटारको १४ आना १ पैसा ३ दाम जग्गा प्रति आना २१ लाख २५ हजारको दरले खरिदका लागी बैंक मार्फत १ करोड वैना लिएको र चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं। ४ घर भई लामो समयदेखि जापानमा व्यवसाय गरी वस्ने प्रेमसागर सापकोटालाई शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा।लि। को शेयरधनी संचालकको कागजात देखाई जीत वहादुर मगर समेतको समूहले का।जि। चन्द्रागिरी-१५ सतुङ्गलको १५ रोपनी जग्गा प्रति आना १० लाख २५ हजारको दरले खरिदका लागी २ करोड वैना लिएको पाईएको ।

शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा।लि। को शेयरधनी संचालक राम निरंजन जटियाले मिति २०७५।४।११ गते कान्तिपुर दैनिकमा जित बहादुर मगरले सहीछाप हस्ताक्षर किर्ते गरी सम्पूर्ण शेयरहरू बिक्री गर्न लागेको हुंदा हक हस्तान्तरण गरी नलिन सार्वजनिक सुचना जारी गरेको।

जित बहादुर मगरले मिति २०७५ साउन १६ गते पत्रपत्रिका दैनिकमा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयर र घर जग्गा समेत राम निरंजन जटियाको मन्जुरीमा कम्पनी रजिष्टारको कार्यालयबाट जित बहादुर मगरको नाममा नामसारी भईसकेकोले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको नाममा भएको घर जग्गा खरिद गर्दा बाधा पर्ने छैन भनी सार्वजनिक सुचना जारी गरेको।

पुनस् शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी संचालक राम निरंजन जटियाले मिति २०७५।४।१७ गते नागरिक दैनिकमा मञ्जूरी वेगर जित बहादुर मगरले सहीछाप हस्ताक्षर किर्ते गरी शेयरधनी संचालक अध्यक्ष राम निरंजन जटियाको नामको सम्पूर्ण शेयरहरू बिक्री गर्न लागेको हुंदा हक हस्तान्तरण गरी नलिन सार्वजनिक सुचना जारी गरेको पाईएको ।

प्रारम्भिक रूपमा पक्राउ भएका प्रतिवादीहरू राजन प्रसाद लम्साल, निरज कुमार मानन्धर र जित बहादुर मगर को वयान र प्राप्त सवुद प्रमाणको आधारमा कम्पनी रजिष्टारको कार्यालयका निम्न उल्लेखित ४ जना र अन्य ५ जनालाई पक्राउ गरिएको।

पक्राउ गरिएका व्यक्तिहरूको विवरण

नामथर : राजन प्रसाद लम्साल
उमेर : ४५ वर्ष
ठेगाना : जिल्ला मकवानपुर हेटौडा (०४, हाल का।जि। चन्द्रागिरी (०८
भूमिका : मुख्य योजनाकार

नामथर : निरज कुमार मानन्धर
उमेर : ४० वर्ष
ठेगाना : जिल्ला काठमाण्डौ, चन्द्रागिरी-१४
भूमिका : मुख्य योजनाकार

नाम थर: जित बहादुर मगर
उमेर : ३३ वर्ष
ठेगाना: जिल्ला रामेछाप सुनापाती गाउँपालिका- ०१
भूमिका: मुख्य योजनाकार

नाम थर: पुण्य प्रसाद खरेल
उमेर: ४० बर्ष

नाम थर: साईला भन्ने राज कुमार तामाङ
उमेर : ४० वर्ष
ठेगाना: जिल्ला काभ्रे चौबास(०५ घर भई हाल का।जि। बुढानिलकण्ठ

नाम थर: हिमाल महर्जन
उमेर: ३१ बर्ष
ठेगाना: काठमाडौं, चन्द्रागिरी-१०

नाम थर: चिरी बावु महर्जन
उमेर: ५५ बर्ष
ठेगाना : काठमाडौं, चन्द्रागिरी – १०

नाम थर : अमृत थापा मगर
उमेर: २८ बर्ष
ठेगाना: बारा, निजगढ-१ घर भई हाल काठमाडौं, कलंकी

कम्पनी रजिष्टारको कार्यालयमा सहायक रजिष्टार पदमा कार्यरत नारायण प्रसाद पोखरेल र उमेश मान जोशी तथा कम्पनी रजिष्टारको कार्यालय क्ष्त् शाखामा करारमा कार्यरत ‍२ जना कर्मचारीहरूलाई पक्राउ गरिएको साथै कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत अन्य २ जना हाल फरार रहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.