किर्तिपुरमा बाड्याे गुल्मी कांग्रेसले राहत

रिपोर्ट नेपाल | 2020 May 09 | 10:50 am 4263

काठमाडाैं, बैशाख २७ः नेपाली कांग्रेस गुल्मीकाे निर्देशनमा सम्पर्क समिति काठमाडाैंद्वारा संचालित विपद व्यवस्थापन समितिका संयाेजक याेगराज कडेलबाट ५५ हजाुर ५ सय ५५ रूपैयां जम्मा गरी सुरू गरिएकाे काेषमा जम्मा गर्न दाताहरूले सुरू गरेका छन् ।

यसरी जम्मा गर्ने दाताहरूमा माधव खरेल १० हजार, मदन अर्याल खर्ज्याङ १० हजार, इन्जिनियर हरी दर्लामी ५ हजार ५ सय ५५, बाेधराज कडेल ४ हजार ५ सय , इन्जिनियर अमृत ज्ञवाली ३ हजार ३घ सय र कुञ्जरमणी गाैतमबाट ३ हजार रहेका छन् ।

त्यस्तै समितिले शुक्रबार गुल्मीका विभिन्न ठाउँमा स्थायी घर भई हाल किर्तिपुर नगरपालिका वडा नम्बर ४ मा अस्थायी रूपमा बसाेबास गर्ने ११ घर परिवारलाई प्रति परिवार २५ किलाे चामल, दाल, तेल र नुन वितरण गरेकाे छ ।

समितिका संयाेजक कडेलले गुल्मेलीलाई आफूलाइ परेकाे समस्या ढुक्कसँग राख्न आग्रह समेत गर्दै सहयाेगी हातलाई पनि सहयाेग गर्न आग्रह गरेका छन् ।

उनले रिपाेर्ट नेपालसँग कुरा गर्दै राहत वितरणमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.