किरात समुदायले आज नयाँ वर्ष मनाउँदै

| 2024 Jan 15 | 09:18 am 705

पाँचथर , माघ १। माघ १ गते किरात येले संवत्‌को नयाँ वर्ष हो । । किरात समुदायका लिम्बु, राई,याक्खा र सुनुवार समुदायले आज नयाँ वर्ष मनाउँदै छन् । यो समुदायको नयाँ वर्ष माघे संक्रान्तिकै दिन सुरु हुन्छ । माघे संक्रान्तिसँगै किराती पात्रोमा संवत् फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका लिम्बु समुदायले किरात नयाँ वर्ष धुमधाम साथ मनाउछन् । किराती पात्रोअनुसार यो वर्षको माघ १ गतेदेखि किरात सम्वत ५०८४ सुरु भएको छ ।

 

विविधताको पर्व मकर संक्रान्ति अर्थात् र माघी पर्वसँगै किरात नयाँ वर्ष सुरु हुन्छ । किरात नयाँ वर्षलाई लिम्बु समुदायले कुसङ यले तङबे र राई समुदायले यले दङ भनेर मनाउँछन् ।

यस्तै याक्खा र सुनुवार समुदायका सदस्यले पनि माघ १ गतेलाई नै नयाँ वर्ष सुरु भएको भन्दै पर्व मनाँउछन् ।

किरात संवत नेपालमा हाल प्रचलनमा रहेको विक्रम संवत भन्दा ३ हजार ४ वर्ष जठो छ । यले तङ्गवे संवत् किराती राजा यलम्बरले शासन सुरु गरेपछि मनाउन थालिएको किम्बदन्ती रहेको इतिहास खोज तथा अन्वेषक लक्ष्मण लावती बतााँछन् ।

यो सिजनमा संक्रान्तिदेखि उच्च पहाडी क्षेत्रमा पाइने चाँप प्रजातिको फूल फूल्न सुरु हुन्छ । त्यसैले लिम्बु समुदायले माघे संक्रान्तिलाई ककफेवा तङनाम भनेर भन्ने चलन पनि ।

लिम्बु भाषामा कक भनेको चाँप, फेवा भनेको फूल्ने र तङनाम भनेको मौसम अर्थात् ककफेवा तङनाम भनेको चाँप फूल्ने मौसम हो । यो पर्वामा घरको ज्येष्ठ सदस्य वा अभिभावकले वन तरुल पोलेर सदस्यलाई टीका लगाउँदै आशिर्वाद दिने चलन रहेको लावती बताउँछन् ।

मकर संकान्तिकै दिन किरातीहरूको बाहुल्यता रहेको पाङ्गचथर, तेह्रथुम, ताप्लेजुङ, इलाम, झापा, धनकुटालगायतका जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।

किरात लिम्बुहरूको सघन बसोवास रहेका काठमाडौं, ललितपुरसँगै हङकङ र सिंगापुरसम्म यो पर्व मनाउन थालिएको छ । लिम्बुहरुले यले तङवे भनेझैं यो पर्वलाई मगरले माघ्या, राईले यले दङ, थारुले माघीर हिन्दुहरूले मकर संक्रान्तिका रुपमा मान्दछन् ।

माघ १ गते किरात येले संवत्‌को नयाँ वर्ष हो । । किरात समुदायका लिम्बु, राई,याक्खा र सुनुवार समुदायले आज नयाँ वर्ष मनाउँदै छन् । यो समुदायको नयाँ वर्ष माघे संक्रान्तिकै दिन सुरु हुन्छ । माघे संक्रान्तिसँगै किराती पात्रोमा संवत् फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका लिम्बु समुदायले किरात नयाँ वर्ष धुमधाम साथ मनाउछन् । किराती पात्रोअनुसार यो वर्षको माघ १ गतेदेखि किरात सम्वत ५०८४ सुरु भएको छ ।

 

विविधताको पर्व मकर संक्रान्ति अर्थात् र माघी पर्वसँगै किरात नयाँ वर्ष सुरु हुन्छ । किरात नयाँ वर्षलाई लिम्बु समुदायले कुसङ यले तङबे र राई समुदायले यले दङ भनेर मनाउँछन् ।

यस्तै याक्खा र सुनुवार समुदायका सदस्यले पनि माघ १ गतेलाई नै नयाँ वर्ष सुरु भएको भन्दै पर्व मनाँउछन् ।

किरात संवत नेपालमा हाल प्रचलनमा रहेको विक्रम संवत भन्दा ३ हजार ४ वर्ष जठो छ । यले तङ्गवे संवत् किराती राजा यलम्बरले शासन सुरु गरेपछि मनाउन थालिएको किम्बदन्ती रहेको इतिहास खोज तथा अन्वेषक लक्ष्मण लावती बतााँछन् ।

यो सिजनमा संक्रान्तिदेखि उच्च पहाडी क्षेत्रमा पाइने चाँप प्रजातिको फूल फूल्न सुरु हुन्छ । त्यसैले लिम्बु समुदायले माघे संक्रान्तिलाई ककफेवा तङनाम भनेर भन्ने चलन पनि ।

लिम्बु भाषामा कक भनेको चाँप, फेवा भनेको फूल्ने र तङनाम भनेको मौसम अर्थात् ककफेवा तङनाम भनेको चाँप फूल्ने मौसम हो । यो पर्वामा घरको ज्येष्ठ सदस्य वा अभिभावकले वन तरुल पोलेर सदस्यलाई टीका लगाउँदै आशिर्वाद दिने चलन रहेको लावती बताउँछन् ।

मकर संकान्तिकै दिन किरातीहरूको बाहुल्यता रहेको पाङ्गचथर, तेह्रथुम, ताप्लेजुङ, इलाम, झापा, धनकुटालगायतका जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।

किरात लिम्बुहरूको सघन बसोवास रहेका काठमाडौं, ललितपुरसँगै हङकङ र सिंगापुरसम्म यो पर्व मनाउन थालिएको छ । लिम्बुहरुले यले तङवे भनेझैं यो पर्वलाई मगरले माघ्या, राईले यले दङ, थारुले माघीर हिन्दुहरूले मकर संक्रान्तिका रुपमा मान्दछन् । (कान्तिपुरबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.