संखुवासभा, असोज २१ः बुधबार संखुवासभाको किमाथाङकामा निर्माण हुन लागेको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी) किमाथाङकाको भवन शिलान्यास गरिएको छ ।

उक्त शिलान्यास कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको टोलीले गरेका हुन् ।
