काठमाडौं, मंसिर ९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङ सारिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल प्रहरीको सहकार्यमा पुरानो पार्किङ हटाएर सबै नयाँ पार्किङ व्यवस्थापन गरी आन्तरिक उडान गरिने डिआइजी शेरबहादुर बस्नेतले बताए।
उनले भने, ‘पुरानो पार्किङ साँघुरो भएको र उडान भर्न र ल्यान्ड कठिनाइ भएकोले नयाँमा सारिएको हो।’
पुरानो पार्किङबाट निस्किदा यात्रुहरु ट्याक्सी चालकसँग ठगिनुपर्ने अवस्था थियो। अब त्यो अवस्था आउन निदिने डिआइजी बस्नेतले बताए। ‘आज पुरानो पार्किङ सरसफाइ र सामान सार्ने काम भइरहेको छ। अब यात्रुहरुले ठगिनुपर्ने छैन’, उनले भने।
पार्किङ सफाइ र विमानस्थलबाट बाहिरिदा यात्रुहरु ठगिने स्थितिमात्र होइन एयरपोर्टमा भएका हरेक किसिमका अपराध र विकृतिलार्इ जरै उखेल्ने गरी अभियान चलाएकव डिआइजी बस्नेतले बताए।
विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच-पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भएका हुन्।