किन सर्‍यो गुल्मी कांग्रेसको सम्मेलन

रिपोर्ट नेपाल | 2018 Dec 01 | 02:22 pm 2448

  • रमेश विश्वकर्मा

गुल्मी, मंसिर १५ नेपाली काँग्रेस गुल्मीको मंसिर २० गतेदेखि हुने भनिएको प्रथम जिल्ला सम्मेलन सरेको बताइएको छ । नेपाली काँग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठका अनुसार सारिएको सम्मेलन पुस २८ र २९ गते हुने भएको छ ।

सम्मेलनलाई भव्यताका साथ सम्पन्न गराउनको लागि नेपाली काँग्रेसका क्रियाशिल सदस्य, सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थालाई आ–आफ्नो ठाउँबाट लाग्न सभापति श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा आग्रह गरे ।

यहि मंसिर २८ गते देखि ३ गते सम्म पार्टीको महासमिति बैठक काठमाडांैमा सञ्चालन हुने भएकोले केन्द्रिय नेताहरु बैठकको तयारीमा लागेका कारण नेताहरुको अनुपस्थित हुने भएकोले सम्मेलन सार्नु परेको सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.