किन रोकिएको छ इन्स्पेक्टरको सरुवा ?

| 2023 Jul 23 | 01:56 pm 99545

काठमाडाैं, साउन ७। नेपाल प्रहरीको इन्स्पेक्टरको सरुवा लामो समय देखि हुन सकेको छैन ।

झण्डै डेढ वर्ष वढी समय देखि पहाडी दुर्गम जिल्लामा बसेका इन्स्पेक्टर सरुवाको दिन गनेर बसेका छन भने मालदार ठाँउमा बसेर राम्रैसँग तर मारेका इन्स्पेक्टर भने काज आदेस गराएर इन्चार्च बनिरहेका छन् । धिरजप्रताप सिंह अवकास हुनुभन्दा अगाडी काज गरीएका प्रायः इन्स्पेक्टर पैसा बुझाएर गएका कारण सरुवा गर्न कठिनाई भएको बुझिएको छ । नेपाल प्रहरीकै एक एसपीले पैसा बुझाएको आफैले देखेको र कतिपयसँग आफैले कुरा गरेको भन्दै यहि कारण तत्काल सरुवा नहुने भन्दै हिडेका छन् ।

प्रहरी नेतृत्व परिवर्तन सँगै सरुवाको दिन गनेर बसेका पीडित इन्स्पेक्टर यतिखेर जुन जोगि आए पनि कानै चिरेको भन्न थालेका छन। शक्ति केन्द्रका गणेश प्रवृत्तीका इन्स्पेक्टर कहिल्यै दुर्गम जानु नपर्ने आफ्नो क्षमता प्रर्दशन गर्ने तर शक्ति केन्द्रमा पहुँच नहुने सधै पीडामा बस्नुपर्ने कस्तो विडम्बना भन्न थालिएको छ । धिरजप्रताप सिंहले पठाएका इन्स्पेक्टर सरुवा गर्न यदि कठिन होइन भने दूरदराजमा रहेर आफ्नो कर्तव्यपालन गरेका इन्स्पेक्टरले पनि शहर देख्न पाउनुपर्ने एक प्रहरीका पूर्व अधिकृत बताउछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.