किन माग्यो तेक्वान्दो संघ भक्तपुरले प्रधानसेनापतिसँग माफी ?

रिपोर्ट नेपाल | 2018 Jun 19 | 08:32 am 3196

नेपाल तेक्वाण्दो संघ प्रदेश नं ३ ले भक्तपुरमा आयोजना गरेको ३ नम्बर प्रदेशस्तरीय प्रथम तेक्वान्दा प्रतियोगिताका सम्बन्धमा लिएर विवाद उत्पन्न भएपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग सो संघले माफी मागेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानसेनापति क्षत्रीको मर्यादामा आँच आउने गरी संघले कुनै पनि कार्यक्रम नगर्ने प्रतिबद्धता व्यक्त गर्दै माफी मागेको हो ।

भक्तपुरमा गत शनिबार सम्पन्न प्रतियोगिताका प्रमुख अतिथि रहेका प्रधानसेनापति क्षत्रीको नाम र हस्ताक्षर नै नराखी प्रमाणपत्र वितरण गरिएको सन्दर्भमा विवाद उत्पन्न भएपछि संघका अध्यक्ष केशव पुरीले विज्ञप्ति जारी गर्दै माफी मागेका हुन् ।

अध्यक्ष पुरीले विज्ञप्तिमा भनेका छन्– ‘प्रधानसेनापतिको पदीय मर्यादामा आँच आउने र उहाँप्रति अनादर हुने गरी संघले कुनै काम गरेको छैन, आगामी दिनमा पनि गर्दैनौँ, कार्यक्रममा उहाँ ढिलो आउने तर प्रमाणपत्र छिटो दिनुपर्ने भएपछि प्रमाणपत्रमा उहाँको नाम नराखिएको हो, अनादर गरिएको होइन ।’

आगामी दिनमा संघले कुनै पनि गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष पुरीले भने– ‘कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीमा पर्न गएको असहजताप्रति संघले क्षमायाचना गर्दछ, उहाँमा कुनै अपमान, अनादर गरेको भन्ने कुरामा सत्यता छैन, यद्यपि उहाँप्रति परेको समस्याप्रति हामी माफी माग्दछौँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.