किन भयो पाँच डिएसपीको काज सरुवा ?

रिपोर्ट नेपाल | 2018 Oct 08 | 03:39 pm 2101

काठमाडौं, असोज २२ : प्रहरी प्रधान कार्यालयले सोमबार दिउँसो पाँच जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ । गत शनिबार १ लाख चालिस हजार घुस लिँदालिँदै अख्तियारद्वारा रंगेहात पक्राउ परेका बौद्ध वृत्तका डिएसपी श्याम कुमार राईको ठाँउमा नरेन्द्र चन्दलाई खटाइएको छ ।

त्यसै गरी ललितपुरको सात दोबाटो वृत्तमा बसेर अत्यन्तै राम्रो काम गरेका बिनोद सिलवाललाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा लगिएको छ । उनको ठाँउमा गौतम मिश्रलाई पठाइएको छ । थानकोट वृत्तमा कुमार विक्रम थापालाई पठाइएको छ भने ललितपुर परीसरमा अपिल बोहरालाई खटाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.