काठमाडाैं, जेठ ११ः काठमाडाैंकाे डिल्लीबजार कारागारमा रहेकाे कैदीबन्दीबीच झडप भएको छ । झडपमा परी एकजना कैदी घाइते भएका छन् ।
कैद भुक्तान गरिरहेका कारागारका मुख्य नाइके गोकुल गिरी र अन्य कैदीबीच झडप भएको हो । घाइतेलाई उपचारका लागि वीर अस्पताल लैजान तयारी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।
लकडाउनका बेला कैदीका आफन्त कोही पनि भेट्न नपाउने भएपछि कैदीहरुमा पैसाको अभाव भएको र कारागारभित्र रहेको क्यान्टिनमा समेत उधारो खान नपाएपछि कैदीहरुले नाइकेमाथि आक्रमण गरेकाे बुझिएकाे छ ।
अहिले डिल्लीबजार कारागारमा उच्च सतर्कता अपनाएको छ । कारागारभित्र कैदीहरु शान्त भइ नसकेकाे बताइएकाे छ ।