काठमाडौँ मंसिर २२: आफ्नै पार्टीको बैठकमा अनुपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मंगलबार भने समसामयिक राजनीतिक विषयमा छलफल गर्नकालागि बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार सूर्य थापाका अनुसार प्रम ओलीले देशको समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरेको उल्लेख गरेका छन् ।