किन बाेलाए प्रधान न्यायाधिशले बारलाई बैठकमा

रिपोर्ट नेपाल | 2021 Jun 01 | 12:58 pm 3817

काठमाडाैं, जेठ १८ः प्रतिनिधिसभा विघटनकाे मुद्दामा दुई न्यायाधिशका विषयमा कानुन व्यवसायिले प्रश्न उठाएपछि हिजाे साेमबार राेकिएकाे इजलास आज ताेकिए पनि बेन्च अहिलेसम्म बस्न सकेकाे छैन । त्यही विवादलाई व्यवस्थापन गर्नका लागि आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारबीच छलफल भइरहेको छ ।

इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका सम्बन्धमा राणा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल चलिरहेकाे समाचार स्राेतले बताएकाे छ ।

संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने वकिलहरूले अडान लिएपछि यसबारे इजलासमा चर्को विवाद छ । आजकाे इजलासमा पनि प्रधान न्यायाधिश राणाले यी दुबैलाई निरन्तरता दिएपछि थप विवाद हुने सम्भावनालाई मध्येनजर राख्दै राणाले बारसँग सल्लाह गर्न शाक्यलाई बाेलाएका थिए ।

प्रतिनिधिसभा विघटनको मुद्दामा स्वार्थ बाझिएको भनेर कानुन व्यवसायीहरुले दुई न्यायाधीशलाई इजलासबाट पछाडी हट्न दबाव दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.