किन बढ्दै छ प्याजको भाउ ?

| 2024 Sep 01 | 01:23 pm 525

काठमाडौँ १६भदौ / पछिल्लो समय बजारमा भारतीय प्याज आउन छोडेपछि सुकेको प्याजको मूल्य बढ्न थालेको छ। राष्ट्रिय फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार ‘अहिले प्याज भारतबाट धेरै आएको देखिँदैन।

व्यवसायी महासंघका अनुसार एक साताको बीचमा प्याजको मूल्य ६० प्रतिशतले बढेको पाइन्छ। कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले पनि प्याजको मूल्य बढेको देखाउँछ।

कृषि अर्थ विज्ञका अनुसार मुख्य गरी, आयात र स्टक कति छ भन्नेमा मूल्य घटबढ हुने गर्छ। कहिलेकाहीँ कालोबजारी भएर ठूला व्यापारीले लुकाएर स्टक राख्दा पनि मूल्य बढ्ने गरेकोपाइएको छ।

यसपाली भारतमा धेरै पानी परेकोले मध्य प्रदेश र आन्ध्र प्रदेशबाट हुने आपूर्ति व्यवस्था प्रणालीमा समस्या परेर पहिले जति सामान नआउँदा पनि बजारमूल्यमा असर पर्ने गरेको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.