किन पक्राउ परे विवेकशीलका १७ नेता कार्यकर्ता !

रिपोर्ट नेपाल | 2019 Apr 17 | 02:07 pm 2689

काठमाडौं, वैशाख ४ : बालुवाटार स्थित भूमाफियाले व्यक्तिको नाममा दर्ता गराएको सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्न गएका विवेकशील नेपाली पार्टीका १७ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री कार्यालय परिसर निषेधित क्षेत्र भएको भन्दै उज्जवल थापासहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। मल्पी इन्टरनेशनल स्कूल अगाडिबाट अघि बढ्ने क्रममा प्रहरीले जबरजस्ती पक्राउ गरी भेनमा हालेको नेता मिलन पाण्डेले बताए।

पक्राउ गरी उनीहरूलाई पानीपोखरीस्थित प्रहरी बिटमा राखिएको छ।

विवेकशी नेपाली पार्टाीले भूमाफियाविरूद्ध कारबाहीको माग गर्दै गैरकानुनी रूपमा माफियाको कब्जामा पुगेको सरकारी जग्गामा राष्ट्रिय झन्डा गाड्ने कार्यक्रम राखेको थियो। उक्त कार्यक्रममा नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.