काठमाण्डौ मंसिर १६ : नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन पररास्ट्र मन्त्रि प्रदिप कुमार ज्ञवाली भारत जाने भएका छन। आगामी मंसिर ३० देखि पुष १ सम्म भारतको नयादिल्लीमा हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा उनि सहभागी हुन जाने भएका हुन।
नेपाल–भारत बैठकको मिति सार्वजनिक नभएपनि ३० मंसिर देखि पुस १ सम्म बैठक तय भएको बुझिएको छ । गत ११ मंसिरमा बैठकका लागि भारतीय समकक्षी डा. सुब्रमण्यम् जयशंकरका तर्फबाट विदेश सचिव हर्षबर्धन शृंगलाले निमन्त्रणा दिएका थिए।
आयोगको पाँचौँ बैठक ४ भदौ ०७६ मा काठमाडौंमा बसेको थियो । भारतीय विदेश सचिव शृंगलाको ११ र १२ मंसिरमा सम्पन्न नेपाल भ्रमणका वेला संयुक्त आयोगको छैटौँ बैठकको मिति तय भएको हो