किन जाँदैछिन राष्ट्रपति भण्डारी चीन भ्रमण

| 2019 Feb 04 | 07:19 am 3158

काठमाडौं, माघ २१ : आगामी अलिप्रमा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)को दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाने भएकी छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको निम्तापत्र नेपालस्थित चिनीया राजदूत होउ याङ्छीले राष्ट्रपति भण्डारीलाई गत साता हस्तान्तरण गरी सकेकी छन् । राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको बुझिएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीसँग द्वीपक्षीय भेटघाट र वार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिने पनि कार्यक्रम छ।

चीनले बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुन विश्वका अधिकांश मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई निमन्त्रणा गरेको छ।

राष्ट्रपति भण्डारीको भ्रमणबारे परराष्ट्रका अधिकारीहरूले अनौपचारिक पुष्टि गरेका छन्। सरकारी निकायले भने औपचारिक प्रतिक्रिया दिएको छैन। चीनले राष्ट्रपति भण्डारीको भ्रमणलाई निकै महत्व दिएको देखाए पनि भ्रमणलाई दुईपक्षीय भ्रमणको संज्ञा दिइएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.