काठमाडौं, जेठ ३० । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा आज राती ११ बजेको उडानबाट सिंगापुर जाँदैछन् । नियमित स्वास्थ्य परीक्षणका लागि उनी सिंगापुर जान लागेको उनको सचिवालयले जनाएको छ ।
लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित देउवा फलोअपका लागि जान लागेका हुन् । उनको अनुपस्थीतिमा पार्टीका हरेक गतिविधि उपप्रधान तथा रक्षा मन्त्री एवं उपसभापति पूर्ण बहादुर खड्काले संचालन गर्ने छन् ।