काेरोनाको कहर र सरकारको मौनता

रिपोर्ट नेपाल | 2020 Apr 11 | 02:10 pm 3123

  • कृष्ण प्रसाद सापकोटा

कोरोना भाइरसकाे कारणले आज विश्वका धेरै देशरुमा मानिसहरूको मृत्यु भैरहेको छ भने यहिस्थिति लामो समयसम्म रहिरयो भने विश्वनै आर्थिक संकटमा पर्ने देखिएको छ । विश्वका धेरै देशहरु लकडाउनका कारणले बन्द अवस्थामा छन् भने यस संगसंगै ठूला ठूला राष्ट्र पनि कोरोनाको रोकथाम गर्न नसकी निरिह सरह छन् ।

हाम्रो देश पनि यसबाट अछुतो रहन सकेन अहिले हाम्रो देशमा पनि कोरोनाको कारणले लामो समयसम्म लकडाउनमा छ। यदी यही अवस्था रहिरहने हो भने नेपाल पनि आर्थिक संकटबाट गुज्रिने सम्भावना रहेकाे छ । लकडाउनका कारणले कृषि र व्यापारमा यसले ठूलो असर गरिरहेको छ । उचित बजार व्यवस्थापन गर्न नसक्दा कृषक मारमा छन् भने भोलिका दिनमा खाद्य संकट पर्ने सम्भावना बढेर जाने देखिन्छ तर यसका लागि सरकारले कुनै तयारी गरेको देखिदैन । यस्तो विपदकाे बेला सरकार जनताको जिविको पार्जन तिर ध्यान दिनुको सट्टा उल्टै भ्रस्टाचारमा तल्लिन देखिएको छ जुन कोरोनाको लागि चाहिने सामाग्री खरिदमा देखिएकोले टेन्डरनै रद्द गर्नु परेको थियो जसका कारणले जनतामा निरासता छाउनुको साथै व्यवस्थामै प्रश्न चिन्ह खडा हुँदै गइरहेकाे छ ।

अघिल्लो बेला सरकारको नेतृत्व गर्दा भारतीय नाकाबन्दीको डटेर बिरोध गरेकाले केपी शर्मा ओलीले दुई तिहाई समर्थन सरकारको नेतृत्व गर्दा मुलुकले कायापलट मार्ने जुन सपना देखिएको थियो अन्तत त्यो सोच सपनामै परिणत भयो । लामो समयदेखि स्थिर सरकार नभएका कारण भित्रिएको विकृति, विसंगति र विदेशी हस्तक्षेप नेकपाले बहुमत हासिल गरेपछि अन्त्य हुने कुराको आशामा बसेका तमाम नेपाली जनताको सोचमाथि तुषारापात भएको छ।

पार्टीहरु सत्तामा जानुको अर्थ मुलुकलाई सही ढंगले अगाडी बढाउनु हो तर अहिले सरकार जिम्मेवारी निभाउने कुरालाई भुलेर एकपछि अर्को विवादित निर्णय गरेर जनतालाई निरास पारिरहेको छ । यतिखेर लकडाउनका कारणले सर्वसाधारण जनता महंगीको चपेटामा परेर पिल्सीएका छन् । सरकार यसलाई उचित तरिकाले समाधान गर्नेतिर अग्रसर हुनुको सट्टा एकपछि अर्को विवादित निर्णयगरी विवादित बनिरहेको छ ।

जनता पछिल्लो समयमा झनझन असुरक्षित निरिह र त्रासित बनेका छन् । समृद्ध नेपाल–सुखी नेपालीको नाराले मात्र जनता खुशी र मुलुक समृद्धीको दिशामा अघि बढ्न सक्दैन । त्यसका लागि व्यवहारमा लागु गर्नुपर्छ । राजा ज्ञानेन्द्रले जनचाहाना पूरा गर्न नसकेको आरोपमा फालिएको थियो बुज्न जरुरी छ ।

लकडाउनका कारणले कृषिमा प्रतिकुलभइ कृषि उत्पादन बृद्धि घट्नेछ जसका कारण खाद्य संकटपर्न सक्नेछ । व्यापार घाटा पनि अघिल्लो बर्षको तुलनामा निकै बृद्धि हुने सम्भावना छ । शोधानान्तर बचत कहाली लाग्दो ढंगबाट घट्यो । पर्यटकहरुको संख्यामा कमिभइ पर्यटन क्षेत्र धरासाही हुने सम्भावना बढेर जाने देखिन्छ जसको कारणले आर्थिक क्षेत्रमा असर पर्ने छ ।

जब आर्थिक लगानी बढ्दैन तब रोजगारी पनि बढ्दैन र उत्पादन पनि बढ्दैन । रोजगारी नबढेपछि जनताको क्रय शक्ति घट्छ । उत्पादन नबढेपछि व्यापार घाटा बढ्छ । वैदेशिक रोजगारीमा ५० लाखभन्दा बढी नेपाली रहेकामा हाल कोरोनाका कारणले धेरैको रोजगारी गुम्ने देखिन्छ जसका कारण रेमिटेन्स पनि रोकिनेछ र आर्थिक सूचांक कहालीलाग्दो ढङ्गले गिरावट आउने देखिन्छ अहिले मुलुकमा यही भइरहेको छ ।

तर, यसप्रति सरकारको ध्यान गएको देखिन्न सरकारले बेलैमा विज्ञ र सरोकारवालाहरुलाई साथमा लिएर सुजबुजका साथ काम गर्नुपर्ने देखिन्छ नत्र भोलिका दिनमा मुलुकमा ठुलो भयाभह नहोला भन्न सकिन्न बेलैमा कदम चाल्न जरुरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.