काेभिशिल्डकाे पहिलाे मात्रा लगाएकालाई साउन २५ देखि अस्ट्राजेनेका खाेप दिईने

| 2021 Aug 08 | 10:53 am 2609

काठमाडौँ साउन २४: कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई सरकारले सोमबारदेखि अस्ट्राजेनेका खोप अभियान सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप केन्द्रबाट कोभिशिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पखाईमा रहेका ६५ वर्ष वा सो भन्दा माथिका नागरिकलाई खोप लगाउने तयारी विभागको रहेको छ ।
साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप अभियान सुरू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले जानकारी दिनुभयो ।

दोस्रो मात्रा दिई बाँकी रहेको खोप विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने छ। भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनेका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई लगाइने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

सरकारले गतवर्ष फागुन २३ देखि चैत ३ गतेसमम ६५ वर्षमाथिका वृद्धलाई कोभिशिल्ड खोप लगाएको थियो । अस्ट्राजेनेका र कोभिशिल्ड फरक ठाउँमा उत्पादन भएपनि दुवै खोप एकै प्रकृतिको भएको बताउँदै उक्त खोप दिन लागिएको बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.